अर्को सातादेखि इजरायलमा कामदार पठाईने, दुई महिना भित्रैमा सबै गईसक्ने

शुक्रबार, माघ १८, २०८१

सरकारले अर्को सातादेखि इजरायलमा कामदार पठाउने भएको छ। उनीहरूलाई केयरगिभरमा इजरायल पठाउन लागिएको हो। युद्धका कारण रोकिएका १ हजार युवामध्ये २६ जनासँग रोजगारदाताले करार सम्झौता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

तीमध्ये ९ सय २३ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ। वैदेशिक रोजगार विभागका इजरायल शाखा निर्देशक गिरिराज ज्ञवालीले पछिल्लो तीन दिनमा २६ नेपाली कामदारको करार सम्झौता भएको जानकारी दिए। ‘२६ जनालाई रोजगारीका लागि करार सम्झौता भइसकेको छ। बाँकी कामदार दुई महिनाभित्र पठाइनेछ’, उनले भने।

इजरायलमा युद्धविराम लागू भएपछि इजरायल पक्षले पत्र पठाएर कामदार पठाउन आग्रह गरेको हो। सोहीअनुसार रोकिएका नेपाली दुई महिनाभित्र इजरायल पठाउने गरी तयारी थालिएको ज्ञवालीले बताए। इजरायल र हमासको विद्रोही समूहबीच तनाव बढ्दै गएपछि नेपाली कामदार रोकिएका छन्। अब उनीहरुलाई जाने बाटो खुलेको विभागले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्