प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाके, के छ एजेन्डा ?

मंगलबार, माघ १५, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । 

आज बिहान ११ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरि ओलीले बैठक बोलाएका हुन् ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ । 

क्याबिनेटको नियमित बैठक सोमबार र बिहिवार बस्ने भएपछि हिजो नबोलाईएका कारण आज डाकिएको बताईएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्