Dashain Banner
Dashain Banner

सरकारले हतार गरेर अध्यादेश ल्याएको भन्दै शेखरले गरे आलोचना

सोमबार, माघ १४, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले हतार गरेर अध्यादेश ल्याएको भन्दै आलोचना गरेका छन् । सोमबार विराटनगरमा नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् । 

संसदलाई धकेलेर अध्यायदेश ल्याउनु गलत भएको उनले बताए । उनले दुईतिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आमजनमानसमा नराम्रो सोच आउने धारणा राखे । संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए । 

नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ । प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ नेता डा. कोइरालाले नगद २५ हजार र सम्मान पत्रसहित पुरस्कार प्रदान गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्