तीन जिल्लामा गरि रविले बुझाए २ करोड २५ लाख धरौटी, दुई जिल्ला अझै बाँकी

सोमबार, माघ १४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ३ वटा जिल्ला अदालतबाट धरौटी रकम बुझाए रिहा भएका छन्। काठमाडौँ, कास्की  र रूपन्देही जिल्ला अदालतमा धरौटीमा रिहा भएका रविले २ करोड २५ लाख रुपैयाँ धरौटी बुझाइ सकेका छन्।

यद्यपि, मुद्दा अझै यथावत् छन्। उनलाई अब चितवन र पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ। उनी हालसम्म बैंक ग्यारेन्टीमा रिहा भइरहेका छन्। रविलाई कास्की अदालतले ६५ लाख र काठमाडौँ अदालतले ६० लाख मागेको थियो। आइतबार रूपन्देही अदालतले एक करोड धरौटी मागेको थियो।

उनको अदालतले मागेको धरौटी रकम नै २ करोड २५ लाख रुपैयाँ पुगेको छ। यद्यपि, रविको मुद्दा भने अझै बाँकी छन्। चितवन जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा समेत उनीविरुद्ध मुद्दा छ। त्यहाँ पनि उनी माथि धरौटी नै मागिने सम्भावना छ। तर, सहकारी ठगीमा उनी कसुरदार नदेखिएको भन्ने आधार नभएको भन्दै न्यायाधिशले उनलाई धरौटीमा छोड्दै आएका छन्। 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्