सोसल मिडिया
युनिकोड
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत, रुपन्देहीले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारी रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि मुद्दा दर्ता भएको थियो ।