Dashain Banner
Dashain Banner

रवि लामिछानेको धरौटी दर बढ्यो, रुपन्देही अदालतले माग्यो एक करोड

आइतबार, माघ १३, २०८१

सुप्रिम  सहकारी ठगी प्रकरणमा जिल्ला अदालत, रुपन्देहीले  रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

रविविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्