कृषि वैज्ञानिक ७५ वर्षीय मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर

आइतबार, माघ १३, २०८१

आफूलाई कृषिविज्ञ बताउने मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले माघ १० गते ७५ वर्षीय राईलाई दोषी ठहर गरेको हो ।

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनरत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ । उनलाई ३ वर्षसम्म कैद सजाय हुनसक्छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्