Dashain Banner
Dashain Banner

इन्ड्राइभ बुक गरेकी महिला यात्रुलाई एक घण्टे प्रस्ताव राख्ने २५ वर्षे ठिटो चिसो छिंडीमा

बिहीबार, माघ १०, २०८१

यात्रुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जना इन्ड्राइभ चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ घर भई हाल काठमाडौँको बालाजु बस्ने २५ वर्षीय प्रविन बराल छन्। उनलाई चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यात्राका लागि इन्ड्राइभ बुक गरेकी महिला यात्रुको मोबाइल नम्बर प्राप्त गरेपछि उनले सामाजिक सञ्जालको प्रयोग गरी दुर्व्यवहार गरेका थिए। उजूरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बरालमाथि अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्