Dashain Banner
Dashain Banner

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख नेपालले पाए नयाँ जिम्मेवारी

बुधबार, माघ ९, २०८१

नेपाल एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरिएको छ। अर्थ मन्त्रालयका सहसचिव नेपाललाई माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको तर्फबाट मनोनयन गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका नेपालले लामो समय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए। उनी अर्थतन्त्र बुझेका काविल कर्मचारीका रूपमा परिचित छन्। 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्