Dashain Banner
Dashain Banner

तपाईको गाडी पुरानो छ ? यदि छ भने तपाईलाई बीवाइडीले यसरी दिन्छ नयाँ गाडी

बुधबार, माघ ९, २०८१

पुराना गाडी सँग नयाँ गाडी साट्ने अफर भोलि विहिबारदेखि सुरू हुने भएको छ। बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले सो अफर सार्वजनिक गरेको हो। ‘एक्स्चेन्ज फेस्ट’को नाममा भोलि देखि आईतबार सम्म सो कार्य संचालन हुने कम्पनीले बताएको हो। 

काठमाडौंको भाटभटेनी नजिक रहेको आम्रपाली ब्याङ्केटमा सुरु हुने कार्यक्रममा पुराना गाडी ल्याएर बीवाइडीका नयाँ गाडीसँग सट्टापट्टा गर्न सकिने छ । एक्सचेन्ज मेला काठमाडौं उपत्यकाका ४ शाेरूम लगायत बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा भने आज पुस ९ बाटै एक्सचेन्ज फेस्ट अयोजना भएकाे छ ।

उपभोक्तालाई एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, फ्रि एशोसरिज र फ्रि चार्जर जडान सुविधा दिने मेला आयोजक कम्पनी साइमेक्सले जनाएको छ । कुनै पनि ब्राण्डको पुराना गाडी ल्याएर साट्दा अतिरिक्त मुल्याङ्कन ग्राहकले पाउने छन् । साथै, ब्राण्ड प्रति लोयल ग्राहकलाई लोयल्टी बोनस दिनेछ ।

एक्स्चेन्ज फेस्टमा कम्पनीको चर्चित मोडल एटो-थ्री, डल्फीन र नयाँ मोडल एम-६ उपलब्ध हुनेछ । जुनसुकै ब्राण्डको पुराना गाडीसँग बीवाइडीका नयाँ गाडी साट्न सकिने अफर कम्पनीले पहिलो पटक ल्याएको हो । पछिल्ला दिनमा बीवाइडी प्रति बढ्दो आकर्षण छ। 
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्