प्रकाशमान सिंहकी दिदी सहितका २० जनालाई सीआईबीले समात्ने

बिहीबार, वैशाख २७, २०८१

नक्सालस्थित बालमन्दिरको सरकारी जग्गा प्रकरणमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले उक्त प्रकरणमा बिहीबार २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

सीआईबीले उक्त प्रकरणको अनुसन्धान अगाडि बढाएको हो । ०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा करिब १२० रोपनी जग्गा राखेको थियो । सोही जग्गा दुरुपयोग गरिएको खुलेको छ ।

बिहीबार बालमन्दिरका तर्फबाट जाहेरी दिइएसँगै प्रहरीले अनुसन्धान थालेको हो । सरकारी जग्गा केही निजी कम्पनीलाई अवैध तरिकाले सस्तो भाडामा दिइएको खुलेको छ । रिता सिंह वैध्य सहितका अरू १९ जनालाई प्रहरीले खोज्न थालेको छ। रिता काङ्ग्रेसका सस्थापक मध्येका गणेशमान सिंहकि छोरी हुन् । काङ्ग्रेसका पूर्वमहामन्त्री समेत रहेका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहकि दिदी रिता बालमन्दीरको अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्