Dashain Banner
Dashain Banner

सेनाको अधिकृत भन्दै तीन लाख ठग्ने तीस वर्षे खोरमा जाकिए

शनिबार, माघ ५, २०८१

नेपाली सेनाको अधिकृत हुँ भनेर झुक्याई ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की छन् ।

आफूलाई नेपाली सेनाको अधिकृत बताएर झुटो विश्वास दिलाई तीन लाख रुपैयाँ लिएर फरार भएको उनीमाथि आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्