Dashain Banner
Dashain Banner

दलीय ट्रेड यूनियन किन चाहिंदैन ? यस्ता छन् दश कारण 

बिहीबार, माघ ३, २०८१

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यबस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि तारन्तार छलफल भईरहेको छ। 

सरोकार राख्नै सबै पक्ष सँग समितिले छलफल गरेर मैझारो गरेको छ। आज समितिले थप छलफल गरेर विधेयकलाई अन्तिम रुप दिन प्रयास गरिरहेको हो। तर, एउटा विषय भने सार्वजनिक महत्वको विषय छ। त्यो भनेको निजामती ऐनमा दलीय ट्रेड यूनियन राख्नु हुँदैन भन्ने विषय हो। मौजुदा दलीय ट्रेड यूनियनका नेता बाहेक अरू कर्मचारीलाई दलिय ट्रेड यूनियन चाहिएकै छैन। एउटा आधिकारिक ट्रेड यूनियन भए कर्मचारीलाई मनग्ये पुग्ने स्वयम् कर्मचारीकै भनाई छ। 

समितिबाट विधेयक पास भएर प्रतिनिधिसभामा टेबुल हुँदाका बखत दलीय ट्रेड यूनियन नहुने र आधिकारिक ट्रेड यूनियन मात्र रहने समितिका एक सदस्यले बताएका छन्। कर्मचारी दलिय ट्रेड यूनियनमा जोडिएर भुत्ते भएको निचोड सुनाउंदै नेताहरू नै दलीय ट्रेड यूनियन राख्न नहुने पक्षमा जुटेका छन्। 

लामो समय यतादेखि स्वतन्त्र रूपमा कर्मचारीको हक हितका पक्षमा खरो उत्रदै आएका स्वतन्त्र कर्मचारी अभियानका अगुवा पशुपति पोखरेलले दलीय ट्रेड यूनियन हुँदा कर्मचारीका नेताको खुँदो पल्टिएको र नहुँदा उनीहरूलाई पर्ने असरका विषयमा यस्तो विश्लेषण गरेका छन्। पोखरेल सहरी विकास मन्त्रालय मातहतका नायब सुब्बा हुन्। 

किन आवश्यक छैन दलीय ट्रेड यूनियन ? पोखरेल सामाजिक संजालमा लेख्छन-

१.सदस्यता बितरणमा रुपिया संकलन:विभिन्न सेवाका जसले आफ्नो क्षेत्रमा बाहेक सरोकार नै राख्दैन,उनीहरु चरम दुखर पीडा दिने जस्तैःप्राबिधिक,अप्राबिधिक -ईन्जिनियर,सर्बेक्षक, स्वास्थ्य ,कृषि ,पशु,संसद,परराष्ट्र,न्याय,राजस्व,लेखा,बिबिध,स्थानिय तहका कर्मचारी,प्रदेश तहका  कर्मचारी ,करार,ज्यालादारी,INGo,NGO,संघसंस्थामा कार्यरत कर्मचारी,सहयोगिहरु,पर्यटन बोर्ड,वायुसेवा,बैंक ,विभिन्न आयोग,अस्थायी संरचनाका कर्मचारी लगायतलाई सदस्यता काट्ने,बितरण गर्ने,हस्ताक्षर प्रमाणित गराउने र रुपिया संकलन गर्ने कार्य

२.सरकारि जग्गामा भवन बनाएर भाडामा लगाउने, सहकारी चलाउने,क्यालेन्डर बेच्ने,पाटि कार्यलय का लागि प्रयोगमा दिने लगायतका कार्य चरम अराजकता स्थानिय तह,जिल्ला,प्रदेश,केन्द्र सम्मै हैट ...ट्युसन सेन्टर खोल्ने उच्च प्रशासकलाई पाटि सदस्यता दिने र फ्रिमा पढाउन लगाउने अनि नमाने पाटि नेता लगाएर बरान्डामा राख्न लगाउने ,गुटगत सरुवा गराउने सहि नसक्नु छ नबोलम,,,

३. चिठ्ठा बेच्ने र नकिने धम्क्याउने (तलाई पख सरुवा वढुवामा),सहिद सप्ताह ,हाजिरी जवाफ,नर्तकि नाच,अधिबेशन,लफडावाजि गुटबन्दी नेताहरुको चुनावि प्रचारप्रसार,हरिशरणम प्रभु,जयजयकार केके हो केके....

४.जहाँ मन लाग्छ त्यहा जाने र ईन्धन,हवाई भाडा र मन लागेको लत्ताकपडा लगायत गिफ्ट लिने नदिए देखादिन्छु भन्ने ....

५.कार्यलय बस्नै नपर्ने, नातागोता,क्षेत्रियता,भुगोल हेरेर मन्त्रीको कार्यकक्ष नछोड्ने र म्याउम्याउ गरेर ब्याक्तीगत स्वार्थमा लिप्त हुने र पद खाने अनि मन नपरेकाको सरुवा गराउने र लेनदेन गरि हसुर्ने,

६.मन्त्रीका क्वाटर र घर सम्म पुगेर उच्च प्रशासक र आफ्नै सहकर्मी वा फरक गुटका कर्मचारीका बिरुद्धमा नानाभाति सुनाएर मन्त्रीहरुका दिमाग हल्लाईदिने,

७.स्थानिय तहका प्रमुख उपप्रमुखलाई म त पाटिको यो तहको पो, मन्त्री,सांसद भन्दा सिनियर हु हेप्नि तपाईंकोमा प्रमुख प्रशासकिय पठाउदिन्न,सामान्यको कप्र हाकिम र सचिव मेरो पाटिको हो,त्यसमा पनि मेरो गुटको हो, देखादिम भनेर निरीह बनाईदिने,

८. कार्य सम्पादन मुल्यांकन (कासमु) मा हामिले जानेका छम भन्ने ९.बिबध यस्ता बिषय छन कि कुरा नगरौ।

१०.अफिस समयमा कार्यक्रम राख्ने र नेतालाई ल्यार ४ घन्टा अाफु र नेताको भाषण सुनाएर पागल बनाउने 
ब्याख्या गरेर साध्य छैन यस्ता धेरै धेरै विषयहरु छन त्यसैले दलिय ट्रेडयुनियन हटाएर एक मात्र आधिकारिक ट्रेडयुनियन राखौं। सामुहिक  सौदावाजी  र पेसागत सुरक्षा कायम गरौ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्