Dashain Banner
Dashain Banner

ओलीका मन्त्री सँग देउवाको छलफल, बूढानीलकण्ठमा मन्त्रीको ताँती

बिहीबार, माघ ३, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँग सामूहिक छलफल गर्दैछन् । देउवाले पार्टीबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि केही मन्त्री बूढानीलकण्ठ पुगेका छन्। 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए । १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसका १२ जना सरकारमा सहभागी छन् ।

पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले ६ महिनामा गरेका कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न सभापतिले उनीहरूलाई बैठकमा बोलाएका देउवाको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्