आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धि हुनसक्ने महतको लख कटाई

बिहीबार, वैशाख १३, २०८१

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले १६ औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन् । 

बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन नसक्ने जिकिर गरे । उनले आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको बताए ।  योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै उनले योजनाले लिएका लक्ष्य प्राप्तिका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि अड्चनहरूको पहिचान गर्न आवश्यक रहेको बताए । 

पूर्व अर्थमन्त्री डा. महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धि हुनसक्ने बताए ।  लक्ष्यअनुरुपकाे प्राथमिकता नहुँदा समस्या आइरहेको भन्दै उनले अहिलेको सबैभन्दा ठुलो समस्या साधरण खर्च रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्