उपेन्द्रले सरकार नछोडेपछि अशोक राई पत्रकार सम्मेलन गर्दै

बुधबार, वैशाख २६, २०८१

जनता समाजवादी पार्टी नेपालबाट विभाजित बनेको जनता समाजवादी पार्टीले विहिबार पत्रकार सम्मेलन गर्ने भएको छ।

बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलन मार्फत पार्टी विभाजनका सम्बन्धमा कानूनी उपचारमा जाने बताएका थिए। साथै, उनले सरकारलाई दिएको समर्थन यथावत रहेको पनि प्रष्ट पारे। प्रचण्ड नेतृत्वको सरकारमा उपेन्द्र उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्री समेत छन् ।

यता, विभाजित भएर बनेको नयाँ पार्टीका नेता नवलकिशोर साह वन मन्त्री छन् । बिहिवार जसपाले अल्फाबिटा बिजुलीबजारमा दुई बजे पत्रकार सम्मेलन गर्ने भएको सो पार्टीका महासचिव ईस्तियाक राईले बताए। उक्त पार्टीको अध्यक्ष अशोक राई हुन् ।

1715186409061-1715186922.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २२:३५
प्रतिक्रिया दिनुहोस्