Dashain Banner
Dashain Banner

वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ठगी गर्ने समातिए

बुधबार, पुस २४, २०८१

बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने बहानामा रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला ललितपुर मनपा ६ का ३६ वर्षीय रुपेश महर्जन छन् । पक्राउ परेका महर्जनले पीडितसँग एक लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

दुई युवाहरूसँग पैसा लिएर लामो समयसम्म झुक्याई विदेश नपठाएको भन्दै परेको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

महर्जनलाई बुधबार ललितपुर जिल्ला ललितपुर महानगरपालिका ३ धोबिघाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्