सोसल मिडिया
युनिकोड
लोकसेवा आयोगबाट जारी शाखा अधिकृतका केही विज्ञापन अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। सोमबार उच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश लेखनाथ पौडेल र टीकाराम आचार्यको इजलासले यस्तो आदेश जारी गरेको हो।
लोकसेवा आयोगले जारी गरेको विज्ञापन नम्बर ६७१–०८१/०८२ र ६७२–०८१/०८२ अन्तर्गत प्रशासन र राजस्व समूहका पदमा दरखास्त सङ्कलनको कार्य मात्र गर्न पाउने तर अन्य प्रक्रिया अघि नबढाउन भनेको हो। दुई समूहको विज्ञापन उच्चको यो आदेशसँगै रोकिएको छ।