Dashain Banner
Dashain Banner

प्रशासन र राजस्वको शाखा अधिकृतको विज्ञापन रोक्न अदालतको आदेश

सोमबार, पुस २२, २०८१

लोकसेवा आयोगबाट जारी शाखा अधिकृतका केही विज्ञापन अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।  सोमबार उच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश लेखनाथ पौडेल र टीकाराम आचार्यको इजलासले यस्तो आदेश जारी गरेको हो।

लोकसेवा आयोगले जारी गरेको विज्ञापन नम्बर ६७१–०८१/०८२ र ६७२–०८१/०८२ अन्तर्गत प्रशासन र राजस्व समूहका पदमा दरखास्त सङ्कलनको कार्य मात्र गर्न पाउने तर अन्य प्रक्रिया अघि नबढाउन भनेको हो। दुई समूहको विज्ञापन  उच्चको यो आदेशसँगै रोकिएको छ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्