सोसल मिडिया
युनिकोड
सक्रिय युवा पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । उनी पछिल्लो समय नेपालभ्युजमा कार्यरत थिए। ३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो ।
राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । पुडासैनी विगत १४ वर्षदेखि पत्रकारितामा क्रियाशील थिए ।
नुवाकोट स्थायी घर भएका उनले रेडियो अन्नपूर्णसँगै प्राइम, माइन्टेन, जनतालगायत टीभीमा काम गरेका थिए ।