मंसिर २६ गतेको लोकसेवाले गरेको शाखा अधिकृतको विज्ञापनको परिक्षा नहुने

शुक्रबार, पुस १९, २०८१

लोकसेवा आयोगले लिन लागेको प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी त्यसपछिका बाँकी काम रोक्न आदेश दिएसंगै परीक्षा स्थगित हुने भएको हो ।

प्रेमराज निरौलासहितले रिक्त सम्पूर्ण पद समावेश नगरी विज्ञापन भएका कारण आफूहरू बढुवा हुने अवसरबाट वञ्चित हुनु परेको भन्दै  दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

आयोगले मंसिर २६ गते अधिकृतका लागि विज्ञापन गरेको थियो। 
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्