Dashain Banner
Dashain Banner

वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गर्ने समातिए

बिहीबार, पुस १८, २०८१

वैदेशिक रोजगारका लागि लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ३६ वर्षीय समय गौतमलाई पक्राउ गरेको हो।

उनलाई काठमाडौं-१५ बाट पक्राउ गरिएको हो। उनले विभिन्न ३ जना व्यक्तिसँग ११ लाख ठगी गरेको प्रहरीले बताएको छ। आकर्षक तलबको प्रलोभन देखाएर उनले उक्त रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्