सोसल मिडिया
युनिकोड
वेथिती र विसंगतिको जालोले नछोपेको र नढाकिएको क्षेत्र नेपालमा सायदै होला। हरेक क्षेत्रमा नक्कलीको बिगबिगी छ। अझ संवेदनशील क्षेत्रमा सक्कली भन्दा नक्कली चीजकै बोलवाला छ।
हो यसै मध्येको सवारी चालक अनुमति पत्र लाइसेन्समा समेत नक्कली बनाउने गिरोहका कारण भद्रगोल छ। दुई चारवटा मात्र होइन लाखौँको संख्यामा देशैभर नक्कली लाईसेन्स जारी भएको तथ्य र तथ्याङ्कले जिब्रो टोक्नु पर्ने अबस्थामा पुर्याएको छ।
नक्कली भनेर रोक्का गरिएका १ लाख २ हजार सवारी चालक अनुमति पत्र लाइसेन्सको रेकर्ड भिडाउने प्रक्रिया सुरू भएको छ । यातायात कार्यालयमार्फत ती लाइसेन्स ढड्डाको रेकर्डसँग भिडाउन लागिएको हो । प्रदेशमा भएका यातायात कार्यालयहरूलाई नयाँ लाइसेन्स जारी गर्ने र खारेज गर्ने अधिकार हुन्छ ।
नयाँ लाइसेन्स जारी गर्ने र रद्ध गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई नै छ । १ लाख २ हजार नयाँ लाइसेन्स नक्कली भनेर रोक्का गरिएको थियो । रोक्का भएका लाइसेन्सहरूको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रक्रिया सुरू भएको छ । ढड्डा अनुसार ठिक भएका लाइसेन्स खुल्ला गर्न निर्देशन दिइसकेको यातायात व्यबस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताएका छन्।
ढड्डामा नभएका लाइसेन्स भने लाइसेन्स जारी गर्ने यातायात कार्यालयले नै रद्ध गर्ने छ । यातायात व्यवस्था कार्यालयमा नै आफ्नो लाइसेन्स नक्कली भएको भन्दै केही सेवाग्राही रद्ध गर्न आएका थिए ।
नक्कली भनेर रोक्का गरिएको १ लाख २ हजार लाइसेन्स सम्बन्धित यातायात कार्यालयले ढड्डासँग दाँजेर हेर्दा विवरण नभेटिएका लाइसेन्स रद्ध हुनेछ । भने, लाइसेन्समा लाइट, मिनी र हेभी छ, तर ढड्डामा लाइट र मिनीको मात्रै भएको चालकले लाइट मिनीको मात्रै लाइसेन्स पाउने छन् ।
यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स नै नक्कलीभन्दा पनि थप गरेको क्याटोगोरी ढड्डामा नभेटिए त्योमात्रै रद्ध हुन्छ ।
विभागले नक्कली लाइसेन्स प्रकरणमा आन्तरिक अध्ययन पनि गरेको थियो । यस विषयमा अख्तियार र सीआईबीको अनुसन्धानपश्चात केही व्यक्ति पक्राउ परेका थिए । लिखित र ट्रायल नै नदिई लाइसेन्स बनाएका तथा अरुको नाममा लाइसेन्स लिएकाहरू धेरै भेटिएको बताइएको छ ।