भीम रावललाई पार्टी बाट हटाएपछि एमाले सचिवालय बैठक सुरू

बिहीबार, पुस १८, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

पार्टी प्रचारविभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा यही पुस २१ र २२ गते हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा, समसामयिक राजनीति, कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक गतिविधिलगायत विषयमा छलफल हुनेछ।

अघिल्लो सचिवालय बैठकले भीम रावललाई पार्टी बाट हटाएको थियो। 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्