Dashain Banner
Dashain Banner

सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको गयो भूकम्प

बिहीबार, पुस १८, २०८१

सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का सिन्धुपाल्चोक,  भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, दोलखा आसपासमा महसुस गरिएको छ। भुकम्पबाट भएको क्षतिको यकिन विवरण भने प्राप्त भएको छैन।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्