Dashain Banner
Dashain Banner

भाईरल ब्वाई सचिन परियारको निधन

बिहीबार, पुस १८, २०८१

युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ।

गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ।

उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्