पूर्व सचिवले छोडेको प्रतिनिधिसभाको सचिवमा झापाली राई नियुक्त

मंगलबार, पुस १६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन्।

नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रतिनिधिसभाको सचिव रहेका सुरेश अधिकारीले पद बाट छ महिनामै राजीनामा दिए पछि सो पद रिक्त थियो।  अधिकारी नेपाल सरकारका पूर्व सचिव हुन्। 
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्