सोसल मिडिया
युनिकोड
शिक्षक किताबखानामा पेन्सनपट्टा बनाउन पुगेका पूर्व शिक्षक संग तीन लाख घुस असुल्ने कर्मचारी अख्तियारको फन्दामा परेका छन्। शाखा अधिकृत धनेश्वर प्रसाई ३ लाख घुससहित पक्राउ परेका हुन्।
राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल पुगेर अख्तियारको टोलीले सेवाग्राहीसँग ३ लाख घुस लिँदै गरेको अवस्थामा प्रसाईलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । प्रसाईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।