Dashain Banner
Dashain Banner

पेन्सनपट्टा बनाउन पुगेका सँग तीन लाख असुल्दा असुल्दै अख्तियारले अधिकृत समात्यो

आइतबार, पुस १४, २०८१

शिक्षक किताबखानामा पेन्सनपट्टा बनाउन पुगेका पूर्व शिक्षक संग तीन लाख घुस असुल्ने कर्मचारी अख्तियारको फन्दामा परेका छन्। शाखा अधिकृत धनेश्वर प्रसाई ३ लाख घुससहित पक्राउ परेका हुन्। 

राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल पुगेर अख्तियारको टोलीले सेवाग्राहीसँग ३ लाख घुस लिँदै गरेको अवस्थामा प्रसाईलाई पक्राउ गरिएको  अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । प्रसाईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्