काठमाडौँ महानगरका पहिलो मेयर पीएल सिंहको राष्ट्रिय सभा गृहमा शालिक ठड्याईने

आइतबार, पुस १४, २०८१

काठमाडौँ महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको राष्ट्रिय सभा गृहमा शालिक ठड्याईने भएको छ। 

काठमाडौँ महानगरपालिकाको महानगरपालिकाको १६ औं अधिवेशनमा मेयर बालेन शाहले राष्ट्रिय सभा गृह परिसरमा सिंहको पूर्ण कदको शालिक बनाउने घोषणा गरेका हुन् । 

तत्कालीन काठमाडौँ नगरपालिकालाई देशकै पहिलो महानगरपालिका बनाउन गरेको योगदानको सम्मानमा पूर्वमेयर सिंहको शालिक बनाउन लागेको मेयर शाहको भनाइ छ । 

१९९६ चैत ११ गते जन्मिएका सिंहको यही पुस १ गते निधन भएको थियो ।  चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । सोही कार्यक्रममा मेयर साहले साहिल बनाउने घोषणा गरेका हुन्। 
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्