Dashain Banner
Dashain Banner

ओलीले आफैं हरेश खाएको देखाए चाला, उधुम भइसक्यो भन्दै छामे लत्रिएका गाला

आइतबार, पुस १४, २०८१

नेकपा एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै बोलीको आफैले खण्डन गरेका छन्। अलि अस्ति सम्म आफूलाई तन्नेरी ठान्ने ओलीले आज बल्ल बुढ्यौलीले छोएको स्वीकार गरेका छन्। 

ओलीले यसअघि आफूले आफूलाई युवा नै ठान्ने गरेको भए पनि अब भने बुढेसकाल लागेको बताएका हुन्। आइतबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, ‘म हिजो अस्तिसम्म आफूलाई युवा ठान्दै थिएँ, अहिले त छाला चाउरी परेर, के भएर उधुम भइसक्यो। कपाल कुनै बाँकी छैन्। कालो कत्ति पनि छैन्। दातले पनि साथ दिन छोडीसके। आँखामा चस्मा झुन्ड्याउन परिसक्यो।’

ओलीले त्यसकारण आफूसँग धेरै समय नभएको समेत बताए। उनले भने, ‘त्यसकारण समय धेरै छैन, साना साना समयको अशंहरु मिलेर जिन्दगी बन्छ।’ आफूले आफै हरेश खाएको भावको प्रस्तुती दिएका ओली सरकार र पार्टी भित्रै चरम सकसमा छन्।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्