Dashain Banner
Dashain Banner

बलबहादुरलाई किनारा लगाएर डम्बर बने एमाले ताप्लेजुङ्ग अध्यक्ष

बुधबार, वैशाख २६, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्।  मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । 

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी मत पाएका हुन्  । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएका छन्  । 

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका थिए। 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्