आठ भाई उपसचिव सहसचिवमा उक्लने निश्चित, को-को अटाए ?

शुक्रबार, पुस १२, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका ८ उपसचिवहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

जसमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि नेपाल परराष्ट्र सेवा ५, नेपाल लेखापरीक्षण सेवा १ र नेपाल इन्जिनियरिङ सेवाका २ उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

नेपाल परराष्ट्र सेवातर्फ हरि प्रसाद ओडारी, प्रकाश अधिकारी, दधिराम भण्डारी, डमरुवल्लभ पौडेल, पारस पण्डित रहेका छन् । यस्तै, नेपाल लेखापरीक्षण सेवातर्फ टिका राम श्रेष्ठ रहेका छन् भने नेपाल इन्जिनियरिङ सेवा तर्फ नारायण प्रसाद श्रेष्ठ र शम्भु मिश्र रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्