सोसल मिडिया
युनिकोड
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल आज पनि हुँदैछ। पूर्व मुख्यसचिव, लोकसेवा आयोगका पूर्व अध्यक्ष र पूर्व सचिवहरुको एकसरो सुझाब लिएको समितिले छलफलको मैझारो गर्ने संकेत देखाएको छ। त्यसका लागि आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकको कुरा सुन्ने भएको हो।
दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा राखिएको बैठकमा उनीहरुलाई बोलाएर धारणा सुन्नेछ। त्यसपछि समितिका सदस्यहरू बीच फाईनल छलफल हुनेछ।
झण्डै १६ सय वटा संशोधनका बुँदा दर्ता गराएका दर्जनौं सांसदहरुसँग छलफल गरिसकेको समितिले विधयेकलाई अन्तिम रुप दिने बताएको छ। पुसभारिमा समितिले विधेयकलाई संसदमा दर्ता गर्ने गरि छलफल तीब्र पारेको हो।