Dashain Banner
Dashain Banner

पश्चिमी वायुको प्रभाव कम भएपछि उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घट्यो

बिहीबार, पुस ११, २०८१

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) ह्वात्तै घटेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार ६.७ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियसमा झरेको हो।  

पश्चिमी वायुको प्रभाव कम भएसँगै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको हो। मौसमविद्का अनुसार राति मौसम बदली भई आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा रह्यो भने घट्छ। 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्