सोसल मिडिया
युनिकोड
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) ह्वात्तै घटेको छ। मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार ६.७ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियसमा झरेको हो।
पश्चिमी वायुको प्रभाव कम भएसँगै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको हो। मौसमविद्का अनुसार राति मौसम बदली भई आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा रह्यो भने घट्छ।