सोसल मिडिया
युनिकोड
दार्चुला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २५ मिनेटमा अपी हिमाल नजिक केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। दार्चुला चीन र भारत संग जोडिएको नेपालको दोश्रो जिल्ला हो।
भूकम्पविद्का अनुसार ४ म्याग्निच्युडसम्मका भूकम्पले क्षति गर्ने सम्भावना हुँदैन। गत शनिबार मात्र बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
बाजुराको जगन्नाथ गाउँपालिका-५ गोत्री आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पले दर्जनभन्दा बढी घर क्षति भएका छन्। मान्छेलाई भने कसैलाई केही हुन पाएन।