ललितपुरको टाउन हब रेस्टुरेन्टमा कसले हान्यो गुरुङलाई चक्कु ?

मंगलबार, पुस ९, २०८१

ललितपुरको च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा एक विद्यार्थीको हत्या भएको छ ।

गएराति उक्त रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले आपसी विवादका क्रममा साथीहरूसँगै गएका नयन गुरुङलाई चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।

ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीय गुरुङको चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खरेलले जानकारी दिए ।

भट्टले एकाएक चक्कु प्रहार गरेको बताइएको छ । राति ९ बजेर २० मिनेटतिर भएको उक्त घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्