टोखाको मेयरमा हारेकी रजनी थापा नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित

मंगलबार, पुस ९, २०८१

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१औं महाधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को फराकिलो मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् । थापाले ७६२ मत पाउँदा कार्कीले ४५३ मत मात्रै ल्याए ।

कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, राष्ट्रिय उपाध्यक्षमा १२ जना निर्वाचित भएका छन् । जसमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल छन् ।

२०७९ मा भएको स्थानीय तहको चुनाबमा थापा टोखा नगरपालिकाको मेयरमा पराजित भएकी थिईन। कांग्रेसको मेयरको उम्मेदवार भएकी थापालाई एमालेका प्रकाश अधिकारीले १ सय ७४ मतान्तरले जितेका थिए। 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्