Dashain Banner
Dashain Banner

उद्योग सचिव आमाको किरिया गर्दै, संचार सचिव सासू शोकमा

मंगलबार, पुस ९, २०८१

नेपाल सरकारका दुई सचिव यतिबेला शोकमा छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग हेर्ने सचिव कृष्णबहादुर राउतले जन्मदिने आमा गुमाएर मर्माहत छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव राधिका अर्यालले सासू गुमाएकी छन्।  दुवै सचिव किरिया बसेका छन्। 

उनीहरु दुबै जना शोक विदामा रहेका छन्। उद्योग सचिव राउतको आमाको सोमबार बिहान पशुपतिको शवदाह गृहमा अत्येष्टि गरिएको गरिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणकुमार शर्मा पनि आमाको जुठो बारिरहेका छन्। उनकी आमा बितेको एक वर्ष पुगेको छैन।  

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्