त्रिभुवन विश्वविद्यालय सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार उधिन्ने जनशक्ति उत्पादनमा होमियो

मंगलबार, पुस ९, २०८१

त्रिभुवन विश्वविद्यालयले देशमा वढ्दो नीतिगत भ्रष्टाचारको खिलापमा उत्रन सक्ने खालको जनशक्ति उत्पादनको काम थालेको छ । त्यसका  लागि विगत चार वर्ष देखि संचालन हुँदै आएको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा नीतिगत भ्रष्टाचारसँग सम्वन्धित विषयहरु थपिएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यक्रम संयोजक डा. दिपक बहादुर अधिकारीले भने, ‘नयाँ विषय थपिएसंगै सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनको नाम पनि परिवर्तन गरी सार्वजनिक नीति सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन बनाएको छ । यो कार्यक्रमले नीतिगत भ्रष्टाचारको विषयमा केन्द्रित भएर शैद्धान्तिक तथा व्यवहारीक ज्ञान दिने छ ।’

यो कोर्षले सार्वजनिक भ्रष्टाचार वढाउन कसरी सहयोग गर्दछ भन्ने विषयमा शैद्धान्तिक र व्यवहारीक ज्ञान दिने छ । सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको प्रभाव कसरी कम गर्ने भन्ने सोच नभएका कारण अहिलेका नीतिहरुले भ्रष्टाचार घटाउने भन्दा भ्रटाचार वढाउन सहयोग गर्दै आएका छन् । भ्रष्टाचारले असर नगर्ने खालका नीति निर्माणमा यो कोर्सले सहयोग गर्ने छ । कार्यक्रममा धारणा राख्दै त्रिभ्वन विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र संकायका पुर्व सहायक डिन प्राडा. तारा प्रसाद भुसालले यो कार्यक्रम नेपालको अहिलेको आवश्यकताले निर्माण गरेको वताए ।

विश्वविद्यालय क्याम्पस किर्तिपुरमा संचालन हुने यो कार्यक्रम अहिले स्नाकोत्तर स्तरको हो । यसलाई क्रमै संग तल्लो तहमा झार्दै जाने सोच रहेको पुर्व सहायक डिन भुसाललले वताए । उनले भने, ‘यो कार्यक्रमको लक्ष्य सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार विरोधी ज्ञान तथा सिपको दायरा बढाउन विशेष ध्यान दिने हो । आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको भ्रष्टाचारसंग लड्न सक्ने जनशक्ति तयार पार्नु हो ।’

यस कार्यक्रमले विद्यार्थीहरुलाई सुशासन, सार्वजनिक नीति निर्माण, कार्यान्वयन र मुल्यांकनमा दक्ष बनाउँदै सरकारी, गैर सरकारी तथा अन्तराष्ट्रिय सस्ंथाहरुमा नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । 

यसमा समावेश पाठयक्रमले सुशासन, भ्रष्टाचार र सार्वजनिक प्रशासनका जटिल चुनौतीहरुको सामना गर्ने सक्षम मानस संसाधनको विकास गर्ने सोच रहेको संयोजक अधिकारीले वताए । उनले भने, ‘यो कार्यक्रम सार्वजनिक नीति र सुशासनमा नेपालको शैक्षिक ढाँचालाई सुदृढ पार्दै देशलाई अगाडि बढाउन महत्वपूर्ण भुमिका खेल्ने छ ।’ स्नातक गरेका विद्यार्थीहरुले भर्ना हुन सक्ने यो कार्यक्रम चार सेमेस्टरको रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्