Dashain Banner
Dashain Banner

नेगी दाजुभाई सहित छ थान विरुद्ध भ्रष्टाचार मुद्दा दायर, के गरेछन् चलखेल ?

आइतबार, पुस ७, २०८१

धादिङको रुवीभ्याली गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इन्जिनियर सुदिप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सबइन्जिनियर लालमान तामाङविरुद्ध मुद्दा दायर गरेको हो।

यस्तै, रुवी भ्याली गाउँपालिका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ, पागोमा देखि स्कुल सम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आर्थिक वर्ष २०७६।०७७ मा रुवीभ्याली गाउँपालिका वडा नं. ४ बोराङ स्थित पागोमादेखि स्कूलसम्म शाखा सडक निर्माणको लागि १० लाख ८९ हजार ९८९ रुपैयाँ ५८ पैसा उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अख्तियारको ठहर छ।

२०७७ चैत १७ गते देखि २०७७ असार २५ गतेसम्ममा कार्य सम्पन्न गर्ने गरी योजनाको सम्झौता गरी लागत अनुमान बमोजिम कार्य नभई कम काम भए गरेको कामलाई बढी गरेको देखाई प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी उपभोक्ता समितिलाई सो रकम भुक्तानी दिएको अख्तियारले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्