Dashain Banner
Dashain Banner

धनगढी पुगेर शेखरले देउवा विरुद्ध बोले धावा, जसै गरि सभापति जित्ने गरे ठोकुवा

आइतबार, पुस ७, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनेमा आफू शतप्रतिशत ढुक्क रहेको बताएका छन्। धनगढीमा आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सभापति लड्ने मात्र नभई जित्ने पनि दाबी गरेका हुन्। महाधिवेशनमा कसरी अघि भन्ने जबाफमा कोइरालाले सबैसँग सहयोगको अपेक्षा राखिएको बताए।

‘देउवाजी (शेरबहादुर देउवा) सबैको आदरणीय हो। उहाँसँग निरन्तर छलफल र भेटघाट भइरहेको छ,’ कोइरालाले भने।

फरक प्रसंगमा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भारत रिसाएको भन्ने विषयमा आफूलाई त्यस्तो नलागेको बताए। कोइरालाले भने, ‘कुन देशले भ्रमणमा बोलाउँछ वा कुन देश जाने भन्ने सरकारले निर्णय गर्ने कुरा हो।’

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्