Dashain Banner
Dashain Banner

सडेगलेको सामान बेचेपछि भाटभटेनीलाई महानगरले तिरायो दुई लाख

शुक्रबार, पुस ५, २०८१

काठमाडौँ महानगरपालिकाले भाटभटेनी सुपरमार्केटलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

सडेगलेको सामान बेचेको भन्दै महानगरको कृषि तथा पशुपंक्षी विभागले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई जरिवाना तिराएको हो।

भाटभटेनीले किरा लागेको खानेकुरा बेचेको गुनासो आएपछि गरिएको अनुगमनमा ढुसी लागेको नरिवल बेचेको पाइएको विभागले जनाएको छ।

साथै विभागले आगामी दिनमा उच्च गुणस्तरयुक्त खाद्यपदार्थ मात्रै बिक्री गर्न सचेत गराएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्