Dashain Banner
Dashain Banner

देउवाको गृहप्रदेश शेखरको दौडाहा, १५औँ महाधिवेशनले छपक्कै छोप्यो

बिहीबार, पुस ४, २०८१

१५औँ महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका कांग्रेस नेता डा. शेखर कोइरालाले देश दौडाहा सुरु गरेका छन् । 

१८ मंसिरमा विराटनगरमा कोशी प्रदेशभित्रका नगर सभापतिहरूको भेला राखेका कोइराला शुक्रबार सुदूरपश्चिमको यात्रामा निस्किन लागेका हुन् ।

जिल्ला दौडाहामा निस्किएका कोइराला महाधिवेशनकेन्द्रित हुन थालेका छन् । कोइरालाले सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।  सुदूरपश्चिम प्रदेश सभापति शेरबहादुर देउवाको गृहप्रदेश हो ।

कोइराला ६ पुसमा नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको पहिलो प्रदेश अधिवेशनमा सहभागी हुनेछन् । उनलाई उक्त कार्यक्रममा  प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ । त्यसको एकदिन अघि कोइरालाले जिल्लागत भेटघाट राखेका छन् । उक्त भेटघाट महाधिवेशनलक्षित हुने नेता गुरुराज घिमिरेले बताए ।  

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्