कस्तो हुन्छ आज देश भरको मौसम ?

बिहीबार, मंसिर २७, २०८१

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (बिहीबार बिहान) गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बलदी छ। 

देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। भोलि शुक्रबार र पर्सी शनिबार पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्