सोसल मिडिया
युनिकोड
आज काठमाडौँमा चिसो बढेको छ। आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ज्यादै न्यून छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ। हिजो ६.४ डिग्री सेल्सियस थियो।
त्यसो त अहिले बिहान ८:४५ बजे देशभरको आधिकारिक न्यूनतम तापक्रम सार्वजनिक गरिने बेला काठमाडौँको न्यूनतम तापक्रम पनि अपडेट हुनेछ। त्यसबेला अरू घट्ने सम्भावना रहन्छ भने यत्ति नै पनि रहन सक्छ।