Dashain Banner
Dashain Banner

तीस हजार गोजीमा हाल्दा हाल्दै अख्तियारले नासुलाई पार्यो च्याप्पै

सोमबार, वैशाख २४, २०८१

तीस हजार घुस रकम सहित नायब सुब्बा फन्दामा परेका छन्। कपिलवस्तु जिल्लास्थित भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाललाई अख्तियारले ठाउँको ठाउँ समातेको हो। 

जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको हो। उनी माथि थप अनुसन्धान हुने अख्तियारले बताएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्