Dashain Banner
Dashain Banner

घरमै बसेर यसरी हेर्न सकिन्छ एनपीएल

शनिबार, मंसिर १५, २०८१

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल हुँदैछ।

आजको खेलको टिकट हिजै (शुक्रबार) नै सकिएकाले अब दर्शकले घर वा मैदानबाहिरबाट हेर्नुपर्छ। यो खेल खेल टेलिभिजनमा स्टार स्पोटर्स र युट्युबमा ‘एक्सन स्पोर्ट्स’बाट हेर्न सकिने छ। नेपाली खेल ‘एक्सन स्पोर्ट्समा लाइभ हुन लागेको यो पहिलो पटक हो।

एनपीएललाई विश्वमाझ चिनाउनका लागि एक्सन स्पोर्ट्समा लाइभ गर्ने तयारी गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

मध्यान्न सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल हुँदैछ। एनपिएलमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्