Dashain Banner
Dashain Banner

दुई दर्जन भन्दा बढी प्रहरी हराएपछि मुख्यालयले जारी गर्यो सूचना

सोमबार, मंसिर १०, २०८१

नेपाल प्रहरीले एक जना प्रहरी नायव निरीक्षकसहित सम्पर्कविहीन २८ कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा समेत सम्पर्कमा नआएका २८ कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।

जसमा एक जना प्रहरी नायव निरीक्षक, एक प्रहरी वरिष्ठ हवल्दार र एक प्रहरी सहायक हवल्दारसहित २८ जना सक्मर्पविहीन छन् ।
उनीहरुलाई ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी समेत कार्यालयले दिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्