Dashain Banner
Dashain Banner

सन्दीपको पुनरावेदन मुद्दाको सुनुवाइ अब जेठ १ गते

आइतबार, वैशाख २३, २०८१

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइ गर्न आगामी जेठ १ गतेका लागि पेसी तोकिएको छ।

आइतबार लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा पेसी तोकिए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो। 

आजलाई उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आगामी जेठ १ गतेका लागि पेसी तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए। 

उनले भने, ‘सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आगामी जेठ १ गतेका लागि पेसीमा गएको छ, आज विपक्षी झिकाउन आदेश भएकै इजलासमा परेकाले हेर्न मिलेन।’

यसअघि गत आइतबार अदालतले आज आइतबार पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २२:५०
प्रतिक्रिया दिनुहोस्