Dashain Banner
Dashain Banner

सबैभन्दा बढी कर तिर्ने बैंकमा दहरियो नबिल बैंक

आइतबार, मंसिर २, २०८१

नबिल बैंक लिमिटेड अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। 

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरेकाे हाे।

साेही अवसरमा नबिल बैंकलाई पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा प्रमाणपत्रसहित सम्मान गरिएको हो।

शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बिच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन्। उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन्।

नबिलले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ। 

नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू सहित विभिन्न विधाबाट सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ। 

नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्