Dashain Banner
Dashain Banner

गण्डकी प्रदेशकी कांग्रेस सांसद विमला गौचनको निधन

बिहीबार, कात्तिक २९, २०८१

गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ। हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन्।

डेंगु संक्रम भएपछि उनी काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन्।  गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो।

उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो। म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्