Dashain Banner
Dashain Banner

प्रतिनिधि सभा र राष्ट्रिय सभाका समितिको बैठक बस्दै 

बुधबार, कात्तिक २८, २०८१

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ। 

बुधबार बिहान साढे ११  बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुने कार्यसूची छ।

यस्तै, आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ। बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्